२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

गृहमन्त्री बादलले छोरा प्रतिकमाथि लिए ‘एक्सन’

4412 Shares
Spread the love

काठमाडौं, ३  पुस । गृहमन्त्री राम बहादुर थापा बादलले आफ्नो सचिवालयबाट छोरालाई हटाएका छन् । उनले छोरा प्रतिक थापालाई प्रमुख स्वकिय सचिवबाट हटाएका हुन् ।

छोरा प्रतिक बारे विभिन्न संचार माध्यममा समाचार आएपछि बादलले छोरा प्रतिकलाई पदबाट हटाएको मन्त्रालय श्रोतले  जानकारी दिएको छ।

प्रतीकको ठाउमा गृह मन्त्रीको प्रमुख स्वकिय सचिवामा डा. प्रेम आलेलाई नियुक्त गरिएको छ । पछिल्लो समय बादलपुत्र प्रतिकको कारण बादल विवादमा तानिएका थिए ।

को हुन् आले ?

गृह मन्त्री राम बहादुर थापा बादलको प्रमुख स्वकिय सचिवामा नियुक्त गरिएका आले नवलपरासीका हुन् । सुरक्षा बिषयमा पिएचडी गरेका डा आले सुरक्षा बिज्ञ समेत हुन् । ब्रिटिश सेनामा ३० वर्ष काम गरेका उनि पछिल्लो समय सुरक्षा बिज्ञको रुपमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया