२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

चीनको हुवासिन कम्पनीले नेपालमा दैनिक ३० हजार टन सिमेन्ट उत्पादन गर्ने

1085 Shares
Spread the love

चीनको खनिज उद्योग कम्पनी हुवासिनले नेपालको सिमेन्ट उद्योगमा लगानी गर्ने प्रतिवद्धता सहित उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको छ।

नेपालको सिमेन्ट उद्योगमा साढे १४ अर्ब लगानी गर्ने प्रतिवद्धता अनुसार बैद्य अर्गनाइजेशनको सहकार्यमा काम अघि बढाएको हो।

हुवासिन कम्पनीले सिमेन्टको नाम नै हुवासिन सिमेन्ट राख्ने निर्णय गरिसकको छ। बैद्य अर्गनाइजेशनका प्रमुख सुरज बैद्यले नेपालखबरलाई जनाकारी दिए अनुसार धादिङ र मकवानपुरको चुनढुंगाको प्रयोग हुने गरी उद्योग स्थापना हुने छ।

बैद्य अर्गनाईजेशन टोयटा गाडीको आधिकारीक विक्रेता हो भने यो ग्रुपले कृषि क्षेत्रमा पनि लगानी गरेको छ। बैद्य अर्गनाइजेशनले कति लगानी गरेको भन्ने प्रश्नमा भने सुरज बैद्यले अहिले लगानीको ‘प्रोसेस’मा नै रहेकोले भन्न नमिल्ने बताए।

हुवासिनले दैनिक ३० हजार मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरी काम गर्ने छ। उद्योगमा नै १ हजार जनालाई रोजगारी प्रदान गर्ने छ। हुवासिनले नेपालको सिमेन्ट उद्योगमा लगानी गर्ने प्रतिवद्धता २०७२ सालमा नै गरेको थियो। उक्त प्रतिवद्धता अनुसार अहिले काम अघि बढेको हो।

बैद्यका अनुसार अहिले उद्योग स्थापना गर्ने र त्यसको बजार बारे अध्ययनको काम भैरेहको छ। धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका र मकवानपुरको राक्सी राङ्क गाउँपालिकामा पर्ने चुनखानीमा कति चुन छ, र त्यसले आफ्नो आवशयकता कति पूर्ति गर्छ भन्ने बारेमा अहिले अध्ययन भैरहेको हो।

चीनको हुवासिन कम्पनी खनिज उद्योगहरुमा काम गर्ने कम्पनी हो। यसले विश्वको ३० भन्दा बढी देशमा आफ्नो उद्योग स्थापना गरि काम गरिसकको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकोे चीन भ्रमणका बेलामा बोर्ड र हुवासिनबीच सम्झौतासमेत भएको थियो। सम्झौतापत्रमा बोर्डका सिइओ महाप्रसाद अधिकारी र हुवासिन कम्पनीको तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया