२०८३, २८ बैशाख सोमबार
×

ट्रेन्डिङ

युके पठाइदिने बहानामा ३८ जनाबाट ११ करोड ठगी, दुई पक्राउ

0 Shares
Spread the love

काठमाडौं – वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने बहानामा करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

दुबै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले हालसम्म ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ।

‘एकै जनाबाट ५० लाख रुपैयाँसम्म उठाएको पाइएको छ, रकम उठाएपछि दुबै जना फरार रहेका थिए,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।

पराजुली काठमाडौं-१६ सरस्वतीनगर बस्दै आएका थिए भने शर्मा काठमाडौं-३२ नरेफाँटमा बस्थे। पराजुलीकी श्रीमतीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

 

 

 

प्रतिक्रिया