२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

भट्टी पसलमा भेटिए पेस्तोलधारी, लोड राखिएको थियो हतियार

2528 Shares
Spread the love

धनुषाको हंषपुर नगरपालिका–५ सुगानिकासमा एक ब्यक्ति मंगलबार हतियारसहित पक्राउ परेका छन् ।

स्थानीय मंगल साह तेलीको मदिरा पसलमा मदिरा खाँदै गरेका हंषपुर नगरपालिका–७ का ३१ वर्षीय बचन भन्ने बेचन मण्डललाई प्रहरीले लोड गरिएको पेस्तोलसहित पक्राउ गरेको हो।

प्रहरीले शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट 9mm को पेस्तोल थान १ र सोमा प्रयोग भएको म्याग्जिन थान १ तथा सोही म्याग्जिनमा लोड भएको गोली राउण्ड ६ फेला पारेको हो।

मण्डललाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया