1866
Shares
काठमाडौं । चर्चित अभिनेत्री तथा मोडेल अनु शाह, अर्जुन र सरन पंगेनीको जोडदार अभिनय रहेको म्युजिक भिडियो एक तर्फी मायालाई विन्ध्यवासिनी म्युजिक मार्फत सार्वजनिक गरिएको छ।
एकतर्फी मायाको कथा बोकेको उक्त गीतमा गायक जनक रुचालले स्वर दिएको छन्। उक्त नयाँ गीतमा बसन्त खड्काको शब्द र जनक रुचालको संगीत संयोजन रहेको छ।
उक्त भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने छायांकनको काम अजय रेग्मीले गरेका छन्। भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन्।
हेर्नुहोस् भिडियो