२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पेट्रोलको मूल्य २ रुपैयाँ घट्यो

965 Shares
Spread the love

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य घटाएको हो। मंगलबार रातिबाट लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ।मूल्य घटेपछि बुधबार बिहानबाट काठमाडौं उपत्यकाका उपभोक्ताले पेट्रोल १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउनेछन्।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्य सूची घटेर आएको थियो। खरिद दर घटेपछि निगमले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो।

आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउने गर्छ।

प्रतिक्रिया