२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

सामाजिक संजालमा भाइरल हुँदै ,स्याङ्जाकी कृतज्ञा अर्यालले बनाएको शृंखला र सलमानको यो स्केच

650 Shares
Spread the love

नयाँ दिल्ली । स्याङ्जा वालिङ्की कृतज्ञा अर्याल चार्टर एकाउन्टेन्टकी बिद्यार्थी हुन् । हाल उनी अध्ययनको लागि भारतको राजधानी दिल्लीमा छिन्। उनलाई पढ्न संगै आर्ट गर्न र गित गाउन धेरै मन पर्छ। आर्ट आफ्नो विषय नभएता पनि फुर्सद हुँदा थोरै थोरै गरेर उनले स्क्रेच बनाउने गर्छिन् । “ आर्टमा मलाई डुब्न मन लाग्छ किनभने यसबाट मान्छेको भावना थाहा पाइन्छ, आर्ट गरेर कसैलाई गिफ्ट दिन पाउँदा मलाई खुशी लाग्छ ”।

उनले भनिन्। हालै मात्रै कृतज्ञाले बनाएको मिस नेपाल तथा मिस वर्ल्डकि प्रतिस्पर्धी शृङ्खला खतिवडाको स्केच अहिले सामाजिक संजालमा धेरैले मन पराएका छन् । कृतज्ञा शृङ्खलाकि फ्यान हुन् । शृङ्खला राम्री संगै धेरै कुरामा ट्यालेन्ट भएको हुँदा आफुलाई अत्यन्तै मन पर्ने बताउछिन्।

शृङ्खला यो स्थान सम्म आउनुको प्रमुख कारण मिहेनत र उनको ट्यालेन्ट भएको कृतज्ञाले बताइन्। यो क्षेत्रमा समय धेरै चाहिने तर आफु पढ्ने विद्यार्थी भएकोले प्राप्त समय नुहुने हुँदा चाहेका धेरै कुराहरू आर्टमा उत्रान नसक्ने उनको गुनासो छ ।

शृङ्खलासंगै हालसम्म उनले आफ्ना मिल्नेसाथीहरु, हजुरमुमा,अंकल,अन्टि मामा,माइजू ,लगायत आफुलाई मन पर्ने नेपाली नायक आकाश श्रेष्ठ ,हिन्दी नायक सलमान खानको स्केच बनाएकि छन्। आफुले आर्ट सम्बन्धी थप सिकेर भविस्यमा यसलाई सानो व्यवसायीक क्षेत्रमा पनि लैजाने कृतज्ञाको सोंच रहेको छ।

 

प्रतिक्रिया