२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

‘हस्तमैथुन सिन दिन कफी पिएजस्तै सजिलो भयो’ : नवनायिका त्रिपाठी

4506 Shares
Spread the love

एजेन्सी । बलिउडमा नायिकाहरुलाई चर्चामा छाउने विभिन्न तरिका मध्ये मास्टरबेसन सिन एक हो । चलचित्र वीरे दि वेडिङमा यस्तो सिन दिएर नायिका श्वरा भास्कर भाईरल भइन् । अहिले अर्की नवनायिका रातारात भाईरल बनेकी छन् ।

नवनायिका श्वेता त्रिपाठीले वेब सिरिज ‘मिर्जापुर’ मा हस्तमैथुनको सीन दिएपछि एकाएक भाईरल भएकी छन् । उनी लाइब्रेरीको कुनामा बसेर एउटा कामुक किताब पढिरहेकी हुन्छिन् । पढ्दापढ्दै उत्तेजित भएर हस्तमैथुन गर्न थाल्छिन्, जुन उनकी बहिनीले देख्छिन् ।

यो सीनमाथि तीव्र विवाद भएपछि श्वेताले भने, ‘यो सीन दिएकोमा मलाई कुनै पछुतो नरहेको छैन ।’ उनले महिलाहरुमा पनि पुरुषको जस्तै कामुकता हुने भन्दै हस्तमैथुन गर्नु आफैंमा गलत काम नभएको बताएकी छन् । ‘मैले जब यसको कथा पढेँ, निकै प्रभावित भएँ,’ उनले भनिन्, ‘हस्तमैथुन सिन दिनेबारे एक मिनेट पनि सोचिनँ, यसका लागि उत्साहित थिएँ । मलाई यो सिन गर्न कफी पिएजस्तै सजिलो भयो ।’

प्रतिक्रिया