२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

भारतीय तस्करले चौकीमाथि आक्रमण गरी ३ प्रहरी घाइते , राइफल पनि लुटे

1230 Shares
Spread the love

पर्सा । भारतीय तस्करहरूकाे एक समूहले ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरी घाइते बनाएका छन् । तस्करहरूले प्रहरीको थ्री नट थ्री राइफल खाेसेर लग्नुका साथै ३ जना प्रहरीलार्इ घाइते बनाएका हुन् ।

सोमबार राति पर्साको जगरनाथपुर गाउँपालिका–१, पाँडेपुरमा रहेको प्रहरी चौकीका असर्इ विसुनादेवा यादवमाथि अाक्रमण तस्करहरूले कुटपिट गरेका थिए । उनीहरूले हतियार समेत लुटेर लगेका छन् । आक्रमणबाट प्रहरी हवल्दार प्रेमबहादुर राणा र प्रहरी जवान अर्जुन चौधरीसमेत घाइते भएकाे प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।

तस्करहरूले नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागेकाे डिजेल र पेट्रोल प्रहरीले राेक्न खाेज्दा उनीहरूमाथि नै आक्रमण भएकाे जनाइएकाे छ । प्रहरीको संख्या कम भएको समय पारेर चाैकीमाथि नै आक्रमण भएको पालकाे भनाइ छ । उनले अपराधी पत्ता लागिसकेकाेले छिट्टै पक्राउ गर्ने बताएका छन् ।

प्रतिक्रिया