२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

विराट कोहली संसारकै घमन्डी खेलाडी : नसिरुद्दिन शाह (भिडियो)

1854 Shares
Spread the love

मुम्बई। बलिउडका दिग्गज अभिनेता नसिरुद्दिन शाहले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको सामाजिक सञ्जालमा आलोचना गरेका छन्। आफ्नो फेसबुकमा एक पोस्ट गर्दै उनले कोहलीको व्यवहारको आलोचना गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन् – ‘विराट कोहली संसारकै उत्कृष्ट ब्याट्सम्यान मात्रै हैनन् उनी संसारकै बदमास खेलाडी पनि हुन्। उनको क्रिकेट खेल्ने क्षमता उनको घमन्ड र खराब व्यवहारका अगाडि फिक्का हुन्छ।’

शाहले कोहलीको एक भिडियोको आलोचना गरेका हुन् जसमा कोहलीले विदेशी खेलाडी राम्रो मान्ने फ्यानलाई  भारत छोडेर जाने सल्लाह दिएका थिए। पूरा जानकारी यो भिडियो रिपोर्टमा।

प्रतिक्रिया