1418
Shares
फाईल फोटो
पुष ३ – ६६ वर्षीय डम्बरबहादुर तामाङले ३० लाख मूल्य बराबरको डेढ कट्ठा जग्गादान गरेका छन् । उदयपुर बेलका नगरपालिका–४ का तामाङले बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि शो जग्गा दान गरेका हुन् ।
सुनसरी–चतरा–गाईघाट–कटारी, सिन्धुली–हेटौँडा हुँदै काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गको मुखैमा रहेको जग्गा तामाङले वडा कार्यालयलाई दान दान गरेका हुन् । सो जग्गा जिल्ला मालपोत कार्यालयमा पास समेत गरिदिएको बेलका नगरपालिका–४ का वडाध्यक्ष दीपक दङ्गालले बताए ।
भूपू बेलायती गोर्खाली सेना समेत रहेका तामाङले बूढेसकालमा भए पनि देशको सेवा गर्ने अवसर पाएको खुसी व्यक्त गरेका छन् । तामाङले यसअघि वडा नम्बर ४ को गुरुङचौरीमा रहेको रु ४० लाख बराबरको चार कट्ठा जग्गा विद्यालय भवन निर्माणका लागि दान गरेका थिए ।