२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

अब त नेपालमै जागिर खान पनि क्रिश्चियन नै हुनुपर्ने

2096 Shares
Spread the love

काठमाडौँ – मानिसले जन्मिँदै धर्म लिएर आएको हुँदैन। जीवन सञ्चालनका क्रममा कुनै पनि धर्म अपनाउन पाउने अधिकार नेपाल राष्ट्रको संविधानले दिएका छन्।

तर, नेपालमा पछिल्लो समय यस्ता–यस्ता विकृति मौलाएका कि जसलाई हेर्दा पूर्वीय सभ्यता र संस्कृतिको मूलथलो, तपोभूमिको नागरिक भन्न लाज लाग्ने स्थिति आउन लागेको भान हुन्छ।

सोमबार मात्रै एउटा यस्तै उदाहरण देखा पर्यो। टिच नेपाल नामक एउटा गैरसरकारी संस्थाले जागिर खुलायो। तर, उक्त संस्थाले तोकेको मापदण्ड चाहिँ अलि गम्भीर र आमनेपालीहरुको भन्दा बिल्कुलै फरक छ।

उक्त गैरसरकारीमा शिक्षकको जागिर खानका लागि क्रिश्चियन परिवारमै जन्मिएको हुनुपर्ने छ। अनि क्रिश्चियन शिक्षामै स्नातह तह पास गरको हुनुपर्ने छ। त्यति मात्रै होइन, चर्चको प्रमाणीकरणको पत्र पनि साथमा हुनुपर्ने जिकिर उक्त विज्ञापनमा गरिएको छ।

प्री एसिस्टेन्ट टिचर ट्रेनरका लागि खुलाइएको विज्ञापनका विषयमा सामाजिक सञ्चालमा लज्जा र आपत्ति प्रकट भइरहेको छ। पत्रकार सन्तोष घिमिरे लेख्छन्, ‘अब त नेपालमै पनि जागिर खान क्रिश्चियन नै हुनुपर्ने, ल हेर्नुस् त यस्ता एनजिओमा जागिर पाउन क्रिश्चियन परिवारमा जन्मेको, क्रिश्चियन धर्म मानेको र क्रिश्चियन पढेकै हुनुपर्ने भएछ। राम राम!! जय धर्मनिरपेक्षता।’-देश सन्चारबाट

प्रतिक्रिया