२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

प्रेम जालमा पारेर जवरजस्ती करणी गर्ने पक्राउ

779 Shares
Spread the love

महोत्तरी– बर्दिवास ४ की १४ वर्षीया एक नबालिकालाई प्रेम जालमा पारेर ललाई फकाई जंगलमा लागि जवरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सोही गाउँका रबिशंकर क्याप्छाकी मगरलाई बालिकालाई प्रेम जालमा पारेर जंगलमा लगेर जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।

क्याप्छाकीलाई अहिले प्रहरी हिरासतमा राखेर जवरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्र बहादुर खडकाले बताए।

कक्षा ८ मा अध्ययनरत बालिकाको स्कुल जाने बेलामा युवकसंग चिनजान भएको र सोहि क्रममा युवकको हसिलो बोल्ने शैलीले बालिकाको मन लोभ्याए पछि दुवै प्रेममा परेका थिए। गएको शनिबार भागेर विवाह गर्ने भन्दै बालिकालाई साझ ७ बजे बरगाछीको चौतारामा बोलाएका थिए। दुवै जना भागेर विवाह गर्ने भन्दै खोलाको बाटो हुँदै गाउँ भन्दा २ किलोमिटर पर अताबे र भब्सी खोल्सीको झाडितर्फ गएका थिए।

त्यहाँ लगेर युवकले नबालिकासंग जवरजस्ती करणी गरेर अब भोलि भागेर विवाह गर्ने भन्दै जंगलमै छाडेर भागेका थिए। पीडित बालिका भने रातभरी जंगलमै बसेको परिवारजनले प्रहरीसंग बताएका छन्। बालिका अबेर रातीसम्म घर नफर्किएपछि खोजतलास गर्दा परिवारले भेटाउन सकेको थिएन। पक्राउ परेका युवक भने घर बनाउने काम गरेर जिविको पार्जन गर्दै आएको खुलेको छ।

स्थानीयले प्रहरीमा बालिका बेपत्ता भएको खबर गरेका थिए तर पछि स्थानीयले नै आरोपी युवकलाई बर्दिबासको जंगल एरियाको खयरमारबाट फेला पारेर प्रहरीमा बुुझाएका थिए। पीडित नाबालिका प्रहरीको सम्पर्कमा आएपछि अभियुक्तमाथि अनुसन्धान अगाडि बढाइएको डिएसपी खडकाले बताए।

प्रतिक्रिया