२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

आर्यनको १५ लाखको दाह्री सुटिङमा लुक्यो

5535 Shares
Spread the love

कुनै समयका चर्चित सुपरस्टार नायक आर्यन सिग्देल यतिबेला हजार जुनीसम्म फिल्मको सुटिङमा व्यस्त छन्। बिकास आचार्यले निर्देशन गरेको यस फिल्ममा उनले १५ लाख महंगो पारिश्रृमिक लिएका छन् । केही समय अगाडी कायरा फिल्ममाफर्त राम्रो कमव्याक गरेका आर्यन यस फिल्ममा भने प्रेममा बिछोड भएका प्रेमीको रुपमा देखिँदैछन् ।

क्यारेक्टरका लागि उनले लामो समय निकै मेहनत गरेर दाह्री जुँगा र कपाल पालेका छन् । केही समय अगाडी उनले सामाजिक सञ्जालमाफर्त यही फिल्मको लुक्स सार्वजनिक गरेका थिए । जहाँ उनी आर्यन नै हुन भनेर चिन्न मुस्किल पर्ने थियो । फिल्मको लुक्स सार्वजनिक भईसकेको अवस्थामा सुटिङमा भने उनले आफनो लुक्स लुकाए ।

सुटिङको क्रममा पुगेका सञ्चारकर्मीहरुलाई उनले आफनो तस्बिर खिच्न दिएनन् । आफैले लुक्स सार्वजनिक गरिसकेको अवस्थामा भने आर्यनले फोटो खिच्न नदिँदा मिडियाकर्मी हिस्स्रिक्क परेका थिए । सार्वजनिक भईसकेको लुक्स किन लुकाएको होला भनेर चर्चा पनि भयो । उनले सबै कुरा फिल्ममा हेर्दा नै मजा आउँने बताए ।

फिल्ममा उनले पिताको भुमिका निर्वाह गर्न लागेका छन् सायद सोही कारण पनि उनले अहिले नै सबै कुरा देखाउँन नचाहेका पो हुन की ?त्यो उनैले जानुन् । ‘कसले चोर्‍यो मेरो मन’, ‘हिफाजत’, ‘मेरो एउटा साथी छ’, ‘के यो माया हो ?’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता फिल्महरुमा अभिनय गरेका आर्यनको करियरमा बिचमा जस्तो फिल्ममा पनि काम गरेपछि धक्का लाग्यो ।

कुनै समयका महंगा र चर्चित नायक आर्यनलाई पुरानो क्रेज फर्काउँन मल्टिस्टारर फिल्म भन्दा सोलो हिटको खाँजो छ ।नोभेम्बर रेन पछि अरुको व्यानरमा काम नगर्ने घोषणा गरेका आर्यनले पछि बोली फेर्दे बाहिरी व्यानरका फिल्ममा पनि काम गर्दे आईरहेका छन् । जे होस उनले बोली फेरे पनि आर्यनको आगमनलाई लिएर भने दर्शकहरु खुसी नै छन् ।

 

प्रतिक्रिया