२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

सञ्चार मन्त्रीद्वारा नेपाल टेलिकमको इन्टरनेटमा मूल्य घटाउने घोषणा

1438 Shares
Spread the love

नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने सरकारले घोषणा गरेको छ। सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन्।

नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ ल्याइरहेको छ। टेलिकमले अहिले प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरिरहेको छ। यो मूल्य अबको हप्ता दशदिनमा समायोजन गरेर कम्तिमा १२ डलरमा झारिसक्ने उनले प्रतिबद्धता व्यक्त गरे।

‘म मन्त्री भएर आउँदा टेलिकमले ३० डलर तिरिहेको थियो त्यही बीचमा सिधै मूल्य घटाउन मिल्दैन थियो, तर हामीले सहमति गरेर १८ डलरमा झारिसकेका छौ। अब पनि हामी छलफलकै क्रममा छौ यसबाट न्यूनतम ६ डलर मूल्य घट्ने छ’, उनले भने,‘६ डलर घट्दा हामीले अहिलेको भन्दा धेरै ब्यान्डवीथ थोरै पैसामा ल्याउछौ जसबाट क्षमता विस्तार गर्छौ भने अर्कोतिर सस्तोमा उपभोक्तालाई दिनसक्छौ।’

व्यान्डवीथको मूल्य घट्दा उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनले बताए। घटेको ६ डलरमा २ डलर थप ब्यान्डवीथ ल्याउन प्रयोग गर्ने, २ डलर उपभोक्ताको भार कम गर्दा पनि २ डलर कम्पनीको नाफामा जाने उनको भनाइ छ।

प्रतिक्रिया