२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

जङ्गलमा शव फेला

1332 Shares
Spread the love

घोराही, २ पुस 

एक महीनादेखि सम्पर्कविहीन रहेका घोराही उपमहानगरपालिका—१३ का १७ वर्षीय सुबास पुनको शव फेला परेको छ ।

गत कात्तिक ३० गते स्वर्गद्वारी घुम्न गएका पुनको आज घोराही—१९ को हरिकिसे जङ्गलको भिरमा शव फेला परेको हो । स्थानीय महिला दाउरा सङ्कलनका लागि जङ्गल गएको समयमा शव देखेपछि खबर गरेका थिए ।

मृतकका भिनाजु विवेक गुरुङले कपडामार्फत पहिचान गरेको बताइएको छ । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि ल्याइएको छ । मृतकको शरीर सबै गलेको अवस्थामा रहेको छ । उनीसँगै स्वर्गद्वारी गएका अन्य नौ जना घर फर्किएपछि उनको खोजी शुरु गरिएको थियो ।-रासस

प्रतिक्रिया