1271
Shares
पुष २- कतारी राजदूत युसुफ विन अल हैलले नेपाली र कतारी नागरिकबीच घनिष्ठ भाइचारा सम्बन्ध रहेको बताएका छन् ।‘कतारमा रहेका नेपाली समुदायले देखाएको सौहार्दता, भाइचारा र कल्याणकारी व्यवहार सराहनीय छ,’ हैलले भने, ‘नेपाली समुदायको इमान्दारिताको हामीले उच्च मूल्यांकन गरेका छौं ।’
दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो पार्दै अघि बढ्नुपर्ने उनले बताए । दुई देशबीचको सम्बन्धको प्रगाढता देखाउन कतारमा कार्यरत ५ लाखभन्दा बढी नेपालीको संख्या काफी हुने उनको भनाइ छ ।
उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कतारले सक्रिय भूमिका निर्वाह गर्ने बताए । कतारले मंगलबार राष्ट्रपिता शेख जासिम विन मोहम्मद अलथानीको जन्मोत्सव (१८ डिसेम्बर) लाई आफ्नो राष्ट्रिय दिवसका रूपमा मनाउँदै छ ।