२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

काभ्रेमा नक्‍कली नोटको बिगबिगी बढ्यो

1414 Shares
Spread the love
पुष २ – काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्‍कली नोटको बिगबिगी बढ्दै गएको छ। बैंक श्रोतका अनुसार पहिल्लो समय हजार र पाँच सयका नक्‍कली नोटहरु बजारमा भेटिन थालेको हो।बैंक तथा सहकारीमा पैंसा डिपोजीट गर्न आउने अधिकांश पेट्रोल पम्प व्यापारी, जग्गा कारोबार गर्ने व्यापारी र ग्रामीण भेगबाट पैंसा जम्मा गर्न आउने बचतकर्ताको साथबाट नम्कली नोट फेला पर्ने गरेको सहकारी तथा बैंक बताउँदै आएका छन्।
 
तर अधिकांश बैकमा नक्‍कली नोट आएपनि बैंकले ग्राहक भड्कने र आफूलाई समस्या पर्ने भन्दै घटनालाई गुपचुप राख्ने र आफ्नै खल्तीको पैसा हाल्दै आएका छन्। फेला पर्ने अधिकांश नक्‍कली नोट व्याण्डलको बीचमा भेटिने गरेको छ। जुन सजिलै मानिस भुकिन्छन् भनेर सक्‍कली नोटको बीचमा राखेर तस्करले कारोबार गर्ने गरेका छन्।
 
रातको समयमा पसलमा, पेट्रोल पम्पमा तेल हाल्ने बाहानामा आफूलाई झुकाएर नक्‍कली नोट भिडाउने गरेको एक पनौती पेट्रोल पम्पका एक व्यवसायी बताउँछन्। ‘साँझको समय भीडभाड भएको मौका छोपेर झुकाएर नम्कली पैंसा दिने गरेका छन्।’ उनले थपे, ‘पछि बैंकमा गएपछि मात्र थाहा हुन्छ नक्‍कली नोट भनेर।’भेटिएको नक्‍कली नोटहरु खस्रो र र फिक्‍का रङ उडेको जस्तो, सेक्युरिटी थ्रेड बाहिरबाट टासेको, सेतो भागमा वाटर प्रिन्ट नभएको, अधिकांशमा एउटै नम्बर भएको पाइएको छ।
 
नक्‍कली नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा नहुने गरेको र भएपनि मधुरो र बाहिरैबाट टासिएको हुन्छ।धुलिखेल राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रवन्धक विनोद सापकोटाले साना बचतकर्ता भन्दा पनि धेरै बचत गर्न आउने जग्गा व्यवसायी तथा धेरै रकम जम्मा गर्ने व्यवसायीले बचत गर्न ल्याउने रकममा नकक्ली राख्ने गरेको छ। उनले भने, ‘हामीसँग पैसा गन्ने मेसिन त छ, तर सक्‍कली होकी नक्कली भन्ने छुटाउने मेसिन नहुँदा पचास साठी लाख ल्याए भने सबै प्रमाणीत गर्न नसक्ने अवस्थामा यस्ता समस्या आउने गरेको छ।’
 
बैक तथा सहकारीले फेला परेका नम्कली नोट प्वाल पर्नुका साथै मार्करले क्रस चिन्ह लगाएर बरामद वा फिर्ता गर्ने गरेका छन्। जिल्लाका अधिकांश बैंक तथा सहकारीले नक्कली नोटबाट धेरै समस्या ब्यहोर्दै आएका छन्। तर पनि घटना र नोटबारे गुपचुप हुने गरेका छन्। जसले गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोहलाई थप प्रोत्साहन भइरहेको जानकारहरु बताउछन्।

प्रतिक्रिया