२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

६ महिनाकी गर्भवती महिलाको हत्या , ४ जना प्रक्राउ

2615 Shares
Spread the love

पुस २ – राजधानीमा ६ महिनाकी गर्भवती महिलाको हत्या गरेको आरोपमा चार जनालाई प्रहरीले प्रक्राउ गरेको छ । टोखा नगरपालिका–८ मिलनटोलकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या को आरोपमा उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो । अजिताको धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो ।

मुगु टोरु गाउँपालिका–८ घर स्थायी भएकी अजिताको आइतबार राति मुख थुनी घाँटी थिचेर हत्या भएको थियो । उनी आफ्नै कोठमा मृत फेला परेकी थिइन्। आफूमाथि सौता हालेको र खानलाउन नदिएको रिसले धर्मराज शाहीकी जेठी श्रीमती (विष्णुमाया) ले कान्छी श्रीमती (अजिता)  को हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।

हत्या आरोपमा विष्णुमायासँगै उनकी बहिनी २६ वर्षीया भगवती मल्ल, भदा २१ वर्षीय गण्डिपराज मल्ल र गण्डिपराजकी प्रेमिका २३ वर्षीय रीता केसी पक्राउ परेका छन् । प्रक्राउ परेका चारै जनाले अजिताको हत्याको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया