२०८३, १६ असार मंगलवार
×

ट्रेन्डिङ

तेस्रो नेपालय अन्तर फुटबल उपाधि सहयोगीलाई

1906 Shares
Spread the love

आशिस तामाङ , गोकर्ण काठमाडौं । गोकर्णश्वार नगरपालिका वार्ड ८ स्थीत बेसीगाउमा ,बेंसी गाउ युवा समुह र नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स)को साझेदार आयोजनामा हुने तेस्रो नेप्स अन्तर बिद्यालय स्तर फुटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ।

उक्त फुटबल प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथिमा एन्फाका अध्यक्ष कर्मा छिरिंग शेर्पा रहेका थिए । बिशेष अतिथिमा राष्ट्रिय खेलका टिम मेनेजर बाबुकाजी बस्नेत, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, नेपाली कांग्रेस केन्द्रीय सदस्य कुमार घिसिङ तामाङ , निसानका अध्यक्ष ओम प्रसाद ढकाल,नेपालय इंगलिस पब्लिक स्कुलका म्यानेजिंग डिरेक्टर बुद्द श्रेष्ठ, युवा समाजसेवी, बुद्धिजीवी बिभिन्न बिद्यालयका प्रिन्सिपल एवम् शिक्षक प्रतिनिधि,अभिभावक , बिद्यार्थी, खेलाडी र दर्शकहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको सभापति बेंशीगाउँ युवा समुहका अध्यक्ष कृष्ण नेपालले गरेका थिए । कार्यक्रम संचालन नेप्सको कोर्डिनेटर रबिन खडकाले गरेका थिए। समापन कार्यक्रमको समु-उद्घाटन प्रमुख अतिथि एन्फाका अध्यक्ष कर्मा छिरिंग शेर्पाले पानसमा दिप प्रज्वलन गरेका थिए । कार्यक्रममा नेपालय स्कुलकी प्रिन्सिपल सुनिता श्रेष्ठले प्रतियोगितामा भाग लिने सम्पुर्ण विद्यलयलाइ धन्यवाद दिदै उपाधि हासिल गर्ने विजेता िटमलाई बधाई तथा स्वागत मन्तब्य राखेकी थिइन्। गोकर्णेश्वर नगरपालिकाका वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले सहभागीता िटमहरुलाइ धन्यवाद तथा बिजयी खेलाडीलाइ ” आब वार्ड, नगर स्तर मात्र सिमित नभएर राष्ट्रिय स्तरमा प्रतिनिधि गर्ने सक्ने होस भनी ” शुभकामना एबम बधाई दिएका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथि एन्फाका अध्यक्ष कर्मा छिरिंग शेर्पाले आयोजकलाइ धन्यबाद दिएका थिए। उनले विद्यालयका बालबालिकाको प्रतिभा बिकास र खेल प्रशिक्षणका लागि स्कुलस्तरीय कार्यक्रम गर्न लागेको बताए ।

विद्यलयस्तरबाट राम्रो खेलाडी उत्पादन गर्न सक्ने शेर्पाको भनाइ थिए । उनले यस वार्ड तथा नगरपालिकामा खेलकुदको विकास लागि आफुले सक्ने सहयोग गर्ने प्रतिबद्ध दिएको थिए । गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसी गाउँ ,अत्तरखेल स्थित नेपालय इंगलिस पब्लिक स्कुल को घरेलु मैदानमा सम्पन्न फाइनल खेल सहयोगी माध्यमिक बिद्यालय र अरुणोदय माध्यमिक बिद्यालय बीच भएको थियो। खेलमा सहयोगी माध्यमिक बिद्यालयले अरुणोदय माध्यमिक बिद्यालयलाइ १-० गोल अन्तरले पराजित गर्दै उपाधि लिएको थियो।

उक्त खेलमा सहयोगी माध्यमिक बिद्यालयका गोल किपर अमित तामाङले प्रहर गरेको बलले सहयोही माध्यमिक बिद्यालय जित्न सफल भएको थियो। अरुणोदय माबी १-० गोल अन्तरले सहयोगी माध्यमिक बिद्यालय संग पराजित हुन पुग्यो। प्रथम स्थान बिजेता सफल गरेका सहयोगी माध्यमिक बिद्यालयले नगद रु दशहजार रुपैया सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो । दितिय स्थान बिजेता अरुणोदय माध्यमिक बिद्यालयले नगद रु ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो । उक्त प्रतियोगितामा माउन्ट ग्लोरी स्कुलले तेस्रो स्थान जित्न सफल गरेको छ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षकको रुपमा सहयोगी माध्यमिक बिद्यालयका गोल किपर अमित तामाङ घोषण गरेको थिए । प्रतियोगितामा फियर प्लेको ट्रफी गोल्डेन फ्युचर स्कुललाई प्रदान गरेको थिए भने उत्कृष्ट खेलाडी सहयोगी बिद्यालयका जर्सी नं १० का खेलाडी सागर थिंङलाई घोषण गरेको थिए । प्रथम दितीय तृतीय सहित उत्कृष्ट हुने खेलाडीहरुलाई प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगितामा सहयोग गर्ने बिभिन्न संघ सस्थाहरुलाई मायाको चिनो प्रदान गरेको थिए ।

प्रतिक्रिया