1437
Shares
काठमाडौ, २ पुस
नेपाल पत्रकार महासङ्घका प्रदेश समितिका अध्यक्ष, महासचिव तथा शाखा अध्यक्षको राष्ट्रिय सम्मेलन यही पुस ४ र ५ गते विराटनगरमा हुने भएको छ ।
महासङ्घको नीतिगत प्राथमिकता तथा प्रेस स्वतन्त्रतासम्बन्धी मापदण्ड, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि कार्ययोजना, महासङ्घको भावी रणनीति र साङ्गठनिक गतिविधि लगायतका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको महासचिव रमेश विष्टले जानकारी गराउनुभयो । सम्मेलनमा केन्द्रीय समिति, दश प्रदेशका अध्यक्ष, महासचिव, जिल्ला अध्यक्ष, प्रतिष्ठान अध्यक्ष र एसोसिएट संस्थाका अध्यक्षसहित २०० सहभागी हुनेछन् । रासस