प्रियंका कार्की र अर्पण थापा स्टारर फिल्म अनाग को टिजर सार्वजनिक भएको छ । करिब २ बर्ष अगाडी नै सुटिङ सकिएको यस फिल्मको टिजरमा श्रीमान्श्री-मतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ । केही समय अगाडी कथा काठमाडाँैमा इन्टिमेट दृश्य दिएर आलोचनामा आएकी प्रियंकाले यस फिल्ममा पनि इन्टिमेट दृश्य दिएकीछिन् ।
टिजरमा केही झलक श्रीमान श्रीमती बनेका प्र्रियंका र अर्पणबीचको इन्टिमेट दृश्य समाबेश भएको छ । सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको मुख्य भूमिकामा छन् ।
माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र साम्तेन भुटिया स्वयं निर्माता रहेका छन् । चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र साम्तेन भुटियाले पटकथा रहेको फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् । फिल्म माघ ११ बाट अलनेपाल रिलिज हुँदैछ।