२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

जरिनले भीडमा फ्यानलाई हानिन् थप्पड (भिडियो सहित)

1009 Shares
Spread the love

सेलिब्रेटी हुन कम सजिलो छैन । आफनो लाखौँ करोडौ फ्यानहरुको कारण नै सेलिब्रेटीहरु सेलिब्रेटी बन्न पाउँछन् यदि उनीहरुको माया नपाउँने हो भने कलाकारहरुको औचित्य र अस्तित्व नै समाप्त हुन्छ तर कहिलेकाही तीनै फ्यानहरुको कारण सेलिब्रेटीले पनि कम्त दुख पाउँदैनन् । जसको कारण कहिलेकाही सेलिब्रेटीहरुले आफनै फ्यान र शुभचिन्तकहरुलाई नराम्रो व्यवहार गर्नु पर्ने बाध्यता पनि आउँछ । बलिउडमा यस्ता धेरै कलाकारहरु छन् जसले आफनै फ्यानहरुलाई भकुर्नु भकुरेका छन् ।

जुन लिस्टमा अब नायिका जरिन खान पनि परेकीछिन् । उनले केही दिन अघि मात्र भएको एक कार्यक्रममा फ्यानलाई झयाम्का झयाम थप्पड हानेकीछिन् । उनले व्यक्तिलाई थप्पड हानेको भिडियो भाईरल भएपछि उनीमाथि धेरैले प्रश्न पनि उठाए र जरिनको बिरोध पनि गरे । बिरोध भएपछि जरिनले यसबार।ेमा स्पष्टीकरण दिएकीछिन् ।

पसलको उद्घाटनका लागि औंरगाबाद पुगेकी नायिका जरिन ले भनिन् “त्यहाँ मैले जे गरेँ त्यो हरेक महिलाले गर्नुपर्छ । ‘जब म मल पुगेँ तब भीडको फाइदा उठाउँदै केही मानिसहरुले दुर्व्यवहार गरे । मलाई लाग्यो कि मानिसहरुले मलाई बचाउनेछन् तर मलाई भीडमा एक्लै छोडियो ।’ उनले औंरगाबाद पुलिसमा उजुरीसमेत गरेको बताउँदै अगाडी भन्छिन् ‘भीडमा केही मानिसहरु मेरो कारतिर आए र मलाई गलत तरिकाले छुने कोसिस गरे” ।

“म भीडमा फसेकी थिएँ र निकै मुश्किलले निस्कन पाएकी थिएँ । मानिसहरु मेरो कारभित्र समेत हात छिराइरहेका थिए । सेल्फीको नाममा ममाथि दुर्व्यवहार गर्ने कोसिस गरिँदै थियो ।”  उता जरिनाले फ्यानलाई थप्पड हानेपछि मल बाहिर हंगामा भएको र भीडलाई नियन्त्रण गर्नका लागि लाठीचार्ज गर्नुपरेको बताईएको छ । जरिनले यो कदम उठाएपछि स्थानीयले उनीबिरुद्ध उजुरी दर्ता गर्ने माग पनि गरिरहेका छन् ।यसअघि सलमान खान , सञ्जय दक्त , सारुख खान लगायतका चर्चित हस्तीहरुले पनि यस अघि फ्यानले र्दुव्यवहार गरेको भन्दै पिटिसकेका छन् ।

 

https://youtu.be/8meHba1AZ4E

प्रतिक्रिया