२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पूर्वराजा पोखरा पुग्दा घन्कियो गणतन्त्रविरोधी नारा

2574 Shares
Spread the love

पुष २ – पूर्वराजा ज्ञानेन्द्र शाह आज स–परिवार पोखरा पुगेका छन् । ज्ञानेन्द्रको स्वागतमा उनका समर्थकहरुले पोखरा विमानस्थलमा भव्य स्वागत गरेका थिए । उनीहरुले राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा पनि लगाएका छन् ।

राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको छ । ज्ञानेन्द्रका समर्थकहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ,गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए ।

उनी एक साता यहाँ रहने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रलाई आत्मसाथ गर्दै नागरिक भएर बस्ने घोषणा गरिसकेका छन् तर उनको नाममा जय जय कार र देश बचाउँ भन्ने जस्ता नारा घन्किन भने छोडेको छैन ।

प्रतिक्रिया