२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

विधान संशोधनको विषयलाई लिएर काँग्रेस भित्र विवाद चर्कियो

2667 Shares
Spread the love

काठमाडौं। नेपाली काँग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्केर गएको छ। पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि सो सम्बन्धि विवाद काँग्रेस भित्र चर्र्किएको हो।

पदाधिकारीको संख्या, केन्द्रीय कार्य समितिको प्रतिनिधित्वलगायतका केही सवालमा देखिएको समस्या साँझ बस्ने केन्द्रीय कार्य समिति बैठकले हल गर्ने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। अहिले काँग्रेस नेतृत्व रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा जारी महासमिति बैठकमा सहभागी भएका छन्। सोमबर तेस्रो दिन काँग्रेस महासमिति बैठकको बन्द सत्र जारी छ।

काँग्रेस महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आयव्यय सम्बन्धि प्रतिवेदनमाथि छलफल भईरहेको छ। तर विधान मस्यौदामा भने सहमति नजुटेपछि अपरान्ह केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो। साँझ ६ बजेपछि बस्ने केन्द्रिय कार्य समिति बैठकले विधान मस्यौदामा पनि सहमति जुटाउने प्रवक्ता शर्माको दावी छ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदनमा काँग्रेस केन्द्रीय कार्य समितिमा अझै सहमति जुटन सकेको छैन। पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति नजुटेकै कारण सो प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन नसकेको हो।

प्रतिक्रिया