२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

आफनै हजुरबुवाद्वारा २ नातिनी बलात्कार

3101 Shares
समाचार प्रतिनिधि स्केच
Spread the love

पुष २ -पछिल्लो समय बलात्कारका घटना अधिकांश बालबालिकाहरु आफन्तबाटै पीडित हुने गरेको रिपोर्ट सार्वजनिक भएका छन् । यसैबीच चितवनमा आफनै दुई नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवा प्रक्राउ परेका छन् ।

चितवनको खैरहनीका ६० वर्षीय हजुरबुवाले आफ्नै ८ वर्षीया र १० बर्षिया नातिनीलाई बलात्कार गर्दे आईरहेको सुचना आएपछि उनलाई प्रक्राउ गरिएको पइलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक धनदेव साउदले बताए ।

आफनी छोरीहरु बलात्कृत भएको थाहा पाएपछि बुवाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी समेत दिएका छन् । दिनभर गाँउमा काम गर्ने हजुरबुबा स्थानिय एक ब्याक्तिको गाईगोठमा बस्ने गरेको र नातिनीहरु कहिलेकाही हजुरवुवासंगै सुत्न जाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । साथै मेडिकल रिपोर्टमा पनि बालिकाद्धयको बलात्कारको शिकार भएको पुष्टी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया