२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

आर्मीबिरूद्द थ्री स्टारले हान्याे १० गाेल

0 Shares

काठमाडौं । थ्री स्टार क्लबले सानादार १० गाेल हानेर जीत हासिल गरेकाे छ ।

 

एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध थ्रि स्टारल सानदार १०-० को जित हासिल गरेकाे हाे ।

 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन सिर्जन श्रेष्ठ र रोहन बम्जनले ह्याट्रिक पूरा गरे । यसैगरी पूर्ण श्रेष्ठले दुई तथा भुपेन्द्रबहादुर रावत र जोंगसेन खेन्चो काजीले समान एक गोल थपे ।

 

यस सानदार जितसँगै थ्री स्टारले दुई खेलमा चार अंक जोडेको छ भने दुवै खेलमा पराजित आर्मी अंकविहिन छ । पहिलो खेलमा थ्री स्टार एपिएफसँग गोलरिहत बराबरीमा रोकिदा आर्मीले नेपाल पुलिस क्लबसँग ७-० को हार स्विकार गर्न बिबश भएकाे थियाे ।

 

प्रतिक्रिया