२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

राजापाक्षेले पदबाट दिए राजीनामा , के अब राजनितीक संकट सकिएला ?

951 Shares
Spread the love

मंसिर २९ -श्रीलंकामा राजनितीक संकट बढेपछि अन्तत श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन्। शनिबार राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन् । राजापाक्षेको पार्टीका एक जना सांसद शेहान सेमासिङ्घेले वक्तव्य दिएर उनले राजीनामा दिएको बताए।

वक्तव्यमा उनले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरेका छन्। अहिलेको राजनीतिक द्वन्द्व अन्त्य गर्नका लागि संसदीय निर्वाचन माग गर्ने आफूहरूको मुख्य मुद्दा हुने उनको भनाइ छ । उनको राजीनामासंगै अब भने श्रीलंकाको राजनितीक संकट समाधान हुने अपेक्षा गरिएको छ ।

गत अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति राजापाक्षेलाई नियुक्त गरेपछि त्यहाँ ठुलै हंगामा भएको थियो । सोही बिषयलाई लिएर श्रीलंकाको संसद भवनमा नै सांसदहरुबीच कुटाकुट नै भएको थियो ।

राष्ट्रपतिले बर्खास्त गरे पनि आफू वैधानिक प्रधानमन्त्री भएको दाबी गर्दै विक्रमासिंघेले पद छोड्न अस्वीकार गरेका थिए । दुबै जनाले प्रधानमन्त्री दाबी गर्दे आएपछि यो मुद्धा अदालतसम्म गयो जहाँ अदालतले पनि राजापाक्षेको नियुक्ती अवैधानिक भएको ठहर गर्दे प्रधानमन्त्रीको हैसियतले काम नगर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया