मंसिर २९ – प्रदेश नं ३ सरकारले प्रदेश मातहतका नौ जिल्ला अस्पतालनियुक्त अध्यक्ष नियुक्ति गरेको छ । कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेको थियो । सोही बमोजिम भरतपुर अस्पतालको संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षमा खिमलाल भण्डारी नियुक्त भएका छन् ।
शुक्रबार वसेको बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गरेको हो । नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका बहिनी ज्वाई समेत रहेका भण्डारी चार बर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त भएका हुन् ।
साथै मकवानपुरको हेटौँडा अस्पताल विकास समितिको अध्यक्षमा डेगराज (प्रकाश) पौडेल, चितवनको भरतपुर अस्पतालमा खिमलाल भण्डारी, धादिङ अस्पतालमा महेन्द्र धमला, नुवाकोटको त्रिशूली अस्पतालमा अर्जुनप्रसाद न्यौपाने, रसुवा अस्पतालमा रामशरण कुँइकेल नियुक्त भएका छन् ।
त्यस्तै, भक्तपुर अस्पतालमा मिलन सुवाल, सिन्धुली अस्पतालमा प्रल्हाद पोखरेल, सिन्धुपाल्चोकको चौतारा अस्पतालमा ईश्वरीप्रसाद श्रेष्ठ र रामेछाप अस्पतालमा रोशन पाख्रिन नियुक्त भएका हुन् ।