२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

भारतीय इन्जिनियरलाई अमेरिकामा ९ वर्षको जेल सजायँ

979 Shares
Spread the love

मंसिर २९- अमेरिकामा एक जना भारतीय इन्जिनियरलाई ९ बर्षको जेल सजायँ भएको छ । जहाजमा यात्रा गर्ने क्रममा आफू नजिकै बसेकी महिलामाथि यौनहिंसा गरेको आरोपमा उनलाई शो सजायँ सुनाईएको हो । सजायँ पाएका इन्जिनियर ३४ वर्षीय प्रभु राममूर्ती हुन् । उनले यात्राको क्रममा आफ्नी श्रीमती र पीडितको बीचमा बसेका थिए । पीडितका महिला निदाइरहेकी थिइन् ।

महिलाले दिएको बयान अनुसार जब उनी निन्द्राबाट ब्यूझिइन् उनको शर्टको टाँक खोलिएको थियो र राममूर्तीको हात उनको पाइन्टमा थियो । उता राममूर्तीले भने आफु शो बेला निदाईरहेको भन्दै आरोप अस्वीकार गरेका छन् । उता अमेरिकी अदालतले सजाय पूरा भएपछि राममूर्तीलाई भारत फिर्ता पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया