२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

घ्याङफेदी दुर्घटना : मृत्यु हुनेको सङ्ख्या अठार

1445 Shares
Spread the love

बेत्रावती, २८ मङ्सिर (रासस)

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइतेको उद्धार गरिएको छ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।उहाँको अनुसार दुर्घटनामा तीन महिला र १५ पुरुषको मृत्यु घटनास्थलमा नै भएको हो । मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेँशीका रितेश पण्डितको पहिचान खुलेको छ ।

घटनास्थलबाट उद्धार गरिएकामध्ये सात जनालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुँदा उपचारको लागि पठाउन कठिनाइ भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताउनुभयो । अहिले पनि घटनास्थलमा उद्धारको कार्य भइरहेको छ । गाडीमा ४० भन्दाबढी व्यक्ति चढेका बताइएको छ ।सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो । कच्ची सडकमा

प्रतिक्रिया