२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

सीके राउतलाई नवलपरासी झिकाउन अदालतको आदेश

1419 Shares
Spread the love

म्रंसिर २८ – स्वतन्त्र मधेस गठबन्धन (सीके राउत समूह) का संयोजक डा. सीके राउतलाई नवलपरासी जिल्ला झिकाउन अदालतले आदेश दिएको छ। पश्चिम नवलपरासी जिल्ला अदालतमा शुक्रबार भएको थुन छेक बहसमा राउतको मुद्दा नवलपरासीमा पनि चलेकाले बयानका लागि नवलपरासी झिकाउन भनिएको हो।

जिल्ला न्यायधीश हेमबहादुर सेनको इजलाशले गरेको थुन छेक बहसमा उक्त समूहका उपसंयोजक कैलाश महतोलाई सिरहा जिल्ला अदालत पठाउने आदेश दिइएको छ। उनीहरु विरुद्ध ‘राज्यविरुद्धको संगठित अपराध’मा मुद्दा चलेको छ।

उक्त मुद्दामा डा. राउत रौतहट जिल्लामा थुनामा छन् भने उपसंयोजक महतो नवलपरासीमा थुनामा छन्। आदेशमा उपसंयोजक महतोलाई २ लाख पचास हजार धरौटीसमेत माग गरिएको छ। धरौटी मागसँगै महतोलाई सिरहा जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको जिम्मा लगाइएको छ।

महतोले उक्त रकम बुझाएका छैनन्। महोत्तरी घर भएका उपसंयोजक महतो गत असोज २७ गते राज्यविरुद्ध भाषण गरेको अभियोगमा परासी बुद्धचोकबाट पक्राउ परेका थिए। उनीसँगै पक्राउ परेका समूहका नवलपरासी जिल्ला संयोजक श्रीकृष्ण यादवलाई अदालतले १ लाख पचास हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ। धरौटी रकम बुझाउन नसकेपछि यादव कारागार चलान भएका छन्।

प्रतिक्रिया