२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको पुष्टि

1886 Shares
Spread the love

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । आज दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्दार गरी स्वास्थ्य संस्थामा पठाएको छ । उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने डीएसपी भट्टराईको भनाइ छ ।

तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया