मंसिर २८ -संघियताको चर्काे बिरोध गर्दे आईरहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसाम्राज्यवादी र विस्तारवादीको दलाली भएको आरोप लगाएका छन् । पत्रकार ऋषि धमलासंगको कुराकानीमा केसीले यस्तो आरोप लगाएका हुन् ।
केही समय आगडी राउतले केसीलाई संघीयता विरोधी नेता भन्दै आलोचना गरेका थिए । उता केसीले भने राउतले संघीयताको विषयमा केही पनि नजानेको भन्दै खिल्ली उँडाए । उनले भने “नेपालको संविधान जारी गर्ने सन्दर्भमा चित्रबहादुरको भूमिका के रह्योरु लालबाबुको भूमिका के रह्यो रु त्यो सबै नेपाली जनताले जानेका छन् ।”
उनले राष्ट्रियता र सार्वभौमिकताको रक्षा नचाहनेहरुले जे जस्ता तर्क गरे पनि आफूलाई कुनै फरक नपर्ने बताए । उनले आफु पहिले पनि र अहिले पनि संघियताको बिरोधी रहेको बताउँदै उनले अहिलेको जस्तो संरचना देशका लागि उचित भन्दै केसीले जातियता र क्षेत्रीयताका आधारमा प्रदेश बनाउन नहुने बिचार व्यक्त गरे ।