२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपालका जितेन्द्र भारतमा हात्ती प्रशिक्षकको प्रमुख

1101 Shares
Spread the love

मंसिर २८ -नेपालको राजपरिवारको सवारीमा हात्ती हिँडाउने मुख्य भूमिका पाएका थिए देउमान महतोले। अहिले उनैका नाति जितेन्द्र भारत कर्तनियाघाट पशु विहारको प्रमुख हात्ती प्रशिक्षक (सुब्बा) नियुक्त भएका छन्। भारतले उत्तरप्रदेशको पर्यटन विकासमा चितवनका हात्ती प्रशिक्षक जितेन्द्रलाई मुख्य जिम्मेवारी दिएको हो।

भारतको पर्यटन विकासमा हात्तीको खासै हुने गरेको पाइँदैन। चितवन आएका भारतीय निकुञ्जका अधिकारीले पर्यटन विकासमा हात्तीको आकर्षण बुझेपछि नेपालबाटै प्रशिक्षक झिकाए। भारतमा हात्ती प्रशिक्षण र प्रयोग गर्न जितेन्द्रलाई लियो। चितवन राष्ट्रिय निकुञ्जमा १२ वर्षदेखि हात्ती डुलाउँदै आएका उनी नेपालकै प्रख्यात हात्ती प्रशिक्षक मानिन्छन्। कर्तनियाघाट पशु विहारले केरलाबाट चार वटा हात्ती ल्याएर दुई वर्षदेखि तालिम दिँदै आएको थियो। अहिले १० माउते र चार हात्तीलाई जितेन्द्र प्रशिक्षण दिन्छन्।

पुख्र्यौली पेसा नै यही भएकाले हात्तीलाई खुसी बनाउने, आदेश मनाउने जस्ता विषयमा उनी पोख्त छन्। भारत उत्तरप्रदेश क्षेत्रको मदनपुरमा चार वटा हात्ती थपिएपछि पर्यटन व्यवसाय पनि फस्टिएको कर्तरनियाघाट पशु विहारका फरेस्टर मोहम्मद आस्फाक्यूले बताए। जितेन्द्रले काम सुरु गरेपछि उत्तरप्रदेश क्षेत्रमा हात्तीसँगै उनको चर्चा पनि सुरु भएको छ। अन्नपूर्णपोस्टमा खबर छ ।

प्रतिक्रिया