२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल

711 Shares
Spread the love

काठमाण्डौं, मंसिर,२८ ।
नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं आएकाहरुलाई स्वागत र नाम दर्ताको कार्यक्रम आज पार्टी कार्यालय सानेपामा राखिएको छ । महासमिति बैठकको उद्घाटन भने भोलि हुनेछ ।

भोलि बिहान ११ बजे रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उदघाटन गर्ने छन् । पुस ३ गतेसम्म चल्ने महासमिति बैठकको मुख्य एजेण्डा पार्टीको विधान संशोधन भएकाले यसलाई चासोका साथ हेरिएको छ । भोलि उद्घाटन कार्यक्रम सकिएलगत्तै बन्दसत्र शुरु हुनेछ ।

बन्दसत्रमा विधान मस्यौदा समिति संयोजक महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत हुने बताइएको छ । यसैगरी महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज, उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज, सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसको आर्थिक नीति र कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया