२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

बेलायतमा राष्ट्रिय मेलमिलाप दिवसको कार्येक्रम हुदै

5547 Shares
Spread the love

लन्डन । नेपाली कांग्रेसको प्रवासी सङ्गठन नेपाली जनसम्पर्क समितिले बेलायतले राष्ट्रिय मेलमिलाप दिवस , क्रिसमश साथै अंग्रेजी नयाँ साल २०१९ को शुभकामना आदान प्रदान गर्ने कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सोहि अवसर परेर  केहि महिना अगाडी मनोनित केन्द्रिय सल्लाकार र केन्द्रिय सभाका सदस्सहरुलाई सम्मान गर्ने जनसम्पर्क सभापति युवराज गुरुङले जानकारी दिए ।

उक्त कार्येक्रममा नेपलबाट आउनुभएका चर्चित गायिका सरिता गुरुङको पनि बिशेष सास्कृतिक प्रस्तुति हुने जानकारी प्राप्त भएको छ । सो कार्येक्रममा नेपाल जनासम्पर्क्र समितिको भावी योजना र यस जनसम्पर्क समितिका साथीहरु बीच  बृहत छलफल हुने सभापति गुरुङले बताए ।

बेलायत प्रजातान्त्रिक देश भएकाले पनि नेपालकै ठुलो प्रजातान्त्रिक पार्टी  नेपाली कांग्रेसमा बेलायतवासी नेपालीहरुको सधै सद्भाव र माया रहने , बेलायतमा रहनुभएका जोसुकै नेपाली मुलका मानिसलाई सदैव कांग्रेसमा प्रवेश गराउन आफु आत्तुर रहेको जानकारी सभापति  गुरुङले दिए ।

जनसम्पर्क समिति बेलायतको अबको योजनामा  सबै जात जति धर्म वर्ग क्षेत्र तथा भूपूगोर्खाहरु सबैको आन्दोलनलाई बिशेष चासो दिने र गैर आवसीय नेपालीहरुको नागरिकताको निरन्तरता बिषयमा एनआरएन बेलायतसंग सहकार्य गर्दै अगाडी बढ्ने उप-सभापति सुरज केसीले जानकारी  दिए ।

कार्येक्रम हुने स्थान :
भेटघाट रेस्टुरेन्ट ,अल्डरसट
समय : ३ बजे पछि

के हो राष्ट्रिय मेलमिलाप दिवस
२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएका थिए ।

आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।

त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए ।

जननायक बीपी कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको भएको यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

त्यतिबेला तत्कालीन राज्यसत्ताले उनलाई फाँसीको सजायँसम्म दिनसक्ने परिस्थितिको पर्वाह नगरी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

आज पनि देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय मेलमिलापको सन्देश उत्तिकै सान्दर्भिक रहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका हुन्छन् ।

प्रतिक्रिया