२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

राष्ट्रपतिलाई प्रतिकात्मक गाडी दिन गएका समुहको फोटो खिच्दा पत्रकार पक्राउ

3191 Shares
Spread the love

काठमाडौं। देश सञ्चार अनलाइन डटकमकी फोटो पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवास अगाडि समाचार तथा फोटो संकलन गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्ने निर्णयको विरोध गर्दै सर्वसाधरणसँग एक–एक रुपैयाँ उठाएर निर्माण गरिएको प्रतिकात्मक गाडी राष्ट्रपतिलाई पुर्याउन गएका समूहको फोटो खिच्ने क्रममा शाहलाई पक्राउ गरिएको बताइएको छ।

उनलाई अहिले महाराजगंज प्रहरीको हिरासतमा राखिएको छ। पत्रकार शाहलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी कदम भएको भन्दै राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजेले उनको तुरुन्त रिहाइ गर्न माग गरेको छ।

समूहले बिहीबारै विज्ञप्ति जारी गर्दै पत्रकार पक्राउको घटनाले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रमाथि सरकारको हस्तक्षेप भएको ठहर गरेको छ।

प्रतिक्रिया