1455
Shares
मंसिर २७- बागलुङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का गण्डकी प्रदेश सदस्य टेकबहादुर घर्तीको निधन भएको छ। १७ दिनदेखि काठमाडौँको ग्राण्डी अस्पतालको आईसीयुमा उपचारत रहेका घर्तीको निधन भएको हो । उनलाई कलेजो सम्बन्धी समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । अवस्था गम्भिर भएपछि थप उपचारका लागि भारत लैजान सुझाव दिएपछि मंगलबार उनलार्इ दिल्लीको एपोलो अस्पताल लगिएको थियो ।
१४ दिनदेखि बेहोस अवस्थामा रहेका घर्तीको ४६ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले बताएको छ। ढोरपाटन नगरपालिका वडा ६ साविक अधिकारीचौर गाविस सइखोला निवासी सांसद घर्ती वाम गठबन्धन हुँदा राष्ट्रिय जनमोर्चाका तर्फबाट सांसदमा निर्वाचित भएका थिए।उनी केही महिनादेखि जण्डिस र कलेजो सम्बन्धी रोगबाट पीडित रहेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले बताए।