२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

सनी लियोनीलाई पछि पार्दे गुगलमा सर्वाधिक सर्च भईन प्रिया

1079 Shares
Spread the love

केही समय अगाडी एक गीतको दृश्यमा आँखा झिम्काएर नै विश्वव्यापीरुपमा भाईरल र चर्चित बनेकी साउथकी नायिका प्रिया प्रकाश सन् २०१८ मा गुगल इन्डियामा सर्वाधिक खोजी गरिएको सेलिब्रेटीमा परेकीछिन् । गुगल इन्डियाले यसबारेमा जानकारी दिँदै प्रिया प्रकाश इण्डियामा सर्वाधिक खोजी भएकी सेलिब्रेटी भएको बताएको हो ।

यसअघि पनि सनी लियोनीले यो स्थान बनाएकी थिईन् । प्रिया प्रकाले सनी लियोनी , प्रियंका चोपडा , दिपिका पादुकोण लगायतका चर्चित हस्तीहरुलाई पछाडी पार्दे रेर्कड बनाएकी हुन् । गुगल इन्डियाका अनुसार दोस्रोमा प्रियंका चोपडाका पति निक जोनास , तेश्रो नम्बरमा हरियाणाका चर्चित गायिका सपना चौधरी ,चौथो नम्बरमा प्रियंका र पाँचौ स्थानमा सोनम कपुरका पति आनन्द आहुजा रहेका छन्।

यसैगरी फिल्ममा भने रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म २.० ले पहिलो स्थान ,दोस्रो बागी २ र तेस्रोमा  रेस ३ स्थान बनाएका छन् । फिल्मबारे सर्वाधिक खोजिने लिस्टमा हलिउड फिल्महरुले पनि राम्रो स्थान बनाएका छन् । जसमा एभेन्जर्सः इम्फिनिटी वार ,ब्ल्याक प्यान्थरडेडपुल २ रहेका छन् । यसैगरी गीततर्फ नेहा कक्कडको “दिलबर दिलबर”, अर्जित सिंहको “तेरा फितुर” र आतिफ अस्लमको “देख्ते देख्ते” माथिल्लो तीनमा परेका छन्। गीतमा अर्काे भाईरल गीत “देशप्यासितो” एक मात्र अग्रेजी गीत हो ।

 

प्रतिक्रिया