2104
Shares
मंसिर २७ -नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनतालाई ठुलो धोका भएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद शीर्षकको आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता पौडेलले नेकपा पार्टीले जनतालाई सुशासन , बिकास दिन्छु भनेर जनतालाई धोका दिएको आरोप लगाए । उनले भनेसुशासन ल्याउँछु भनेर प्रचण्ड र केपी ओलीले विश्वास दिलाउनुभयो, उहाँहरुले पनि धोका दिनुभयो’ वाइडबडी जहाज खरिद काण्डदेखि चिनी काण्ड, सुन काण्डजस्ता भ्रष्टाचार काण्डले गर्दा समाजवादमाथि धोका भएको छ ।’
भ्रष्टाचार समाजवादको लागि सबैभन्दा ठूलो धोका भएको उनको भनाइ छ । समाजवादको पक्षमा अब वैचारिक अभियान लिएर गाउँगाउँमा जान र पार्टीभित्र पनि छलफल चलाउन उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।