२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

युनिभर्सल पिस फेडेरेसनको अर्को झुट,तत्काल प्रतिबन्ध लगाउन गगन थापाको माग

2911 Shares
Spread the love

काठमाडौँ – विवादित संस्था युनिर्भल पिस फेडेरेसन (युपिएफ) ले नेपालका बारेमा गलत प्रचार गरेको भन्दै काँग्रेस नेता गगन थापाले कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमा अहिले चर्चामा रहेको विवादित एसिया प्यासिफिक समिट सम्बन्धि भिडियोले आफ्नो ध्यानाकर्षण गरेको उनले आज सामाजिक संजालमा लेखेका छन् ।

उनले उक्त भिडियोको सुरुवातमै १३ बर्ष अगाडि नोबेम्बर २२, २००५ मा नेपालमा युनिभर्सल पिस फेडरेशन (युपिएफ) उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनिएकोले त्यसप्रति आफ्नो आपत्ति रहेको जनाएका हुन् ।

“युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले ग¥यो त्यो विषयमा हाम्रो कुनै चासो छैन, तर सोहि दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ,” उनले लेखेका छन् ।

“पहिलो कुरा त नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि।सं २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन । दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन । यो आफैमा झुटो, कपोलकल्पित र बदनियतपुर्ण छ ।”

यस्ता गलतप्रचार गर्नेले नेपालको सम्मानित संसदको दुरुपयोगसँगै अन्तर्राष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएकाले यो कृत्य निन्दनीय भएको भन्दै नेता थापाले आपत्ति जनाएका हुन् ।

उक्त भिडियो क्लिपमा नेपाल सरकार र युपिएफले संयुक्त रुपमा समिटको आयोजक गरेको मात्र भनिएको छैन युपिएफ–एसियाका अध्यक्ष एकनाथ ढकालले डिसेम्बर १ मा नेपाललमा भएको समिटमा आफैलाई ‘जिससकी एकमात्र छोरी ‘घोषणा गरेकी हक जा हन मुनलाई ’ सवैले जिससकी छोरीको रुपमा स्वीकार गरेको र कसैले विरोध नगरेको तथा सवै नेपालीले बैधानिकता दिएको भनेका छन । नेपालमा इश्वरिय राज्य स्थापना गरिएको भनिएको छ । यो पनि नेपाल र नेपाली जनताको घोर अपमान भएको गगन थापाको ठम्याई छ ।

इसाई धर्मसंग आवद्ध कोरियन अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपिएफ) अन्तराष्ट्रिय रुपमानै बिवादास्पद र बदनाम संस्था हो । नितान्त धर्म परिवर्तनको उद्देश्य रहेको संस्था युपिएफले नेपालमा गर्ने क्रियाकलाप सदैव सन्देहपूर्ण हुने गरेका छन्।

यसले नेपालको आफ्नो मौलिकता र संस्कृतिमा त हस्तक्षेप गरेकै छ, संविधानले बर्जित गरेको धर्मान्तर गर्ने काम समेत गरेको छ । यस किसिमको गैर कानूनी, गैर संवैधानिक काम गरिरहेको विवादित संस्था जसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली जनताको अपमान हुनेगरि नेपालको सम्मानित संसदको वदनाम गरेर भ्रम र अफवाह फैलाइरहेको छ । यस्तो कृत्य कुनै पनि नेपाली जनताको लागि सह्य नहुने नेता थापाले उल्लेख गरेका छन् ।

उनले मुलुकको बदनाम गरेको, दुरुपयोग गरेको र अनेक गलत कामहरु गरेकाले युपिएफलाई अबिलम्ब नेपालमा प्रतिबन्ध लगाइन पनि माग गरेका छन् ।

साथै धर्म परिवर्तन गर्ने, भ्रामक प्रचार गर्ने यस्ताखाले अन्य संस्थाको पनि पहिचान गरि आवश्यक कारबाही गर्न समेत उहाँले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । उक्त भिडियोले नेपालका थुप्रै राजनीतिक र सरकारी ओहोदाका ब्यक्तिको भुमिकामाथि प्रश्न उठेको उनको भनाई छ ।

विवादित संस्थाको कार्यक्रममा आफ्नो राजनीतिक र सरकारी ओहोदाको दुरुपयोग गरेर सहयोग गर्ने र संलग्न हुनेहरुलाई सरकारले संरक्षण गरेपनि जनताले हिसाव किताव गरेर ऐन मौकामा दण्डित गर्ने उहाँले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, उहाँका विदेश मामिला सल्लाहकार राजन भट्टराईलागयतले प्रधानमन्त्रीको नाममा पत्र लेखेको, सरकारलाई सहआयोजक बनाएको लगायत यससम्वन्धी गलत क्रियाकलापहरु गरेको भन्दै पार्टी भित्र र बाहिरबाट ओली र भट्टराईको चर्को आलोचना हुदै आएको छ ।

प्रतिक्रिया