२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

जंगली हात्तीको आक्रमणबाट मृत्यु एकको

2451 Shares
Spread the love

काठमाण्डौं, मंसिर, २७ ।
जंगली हात्तीको आक्रमणबाट उदयपुरको बेलका नगरपालिका–३ का ५० वर्षीय बुद्धिमान मगरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटका अनुसार कोशी वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको समूहले मगरको ज्यान लिएको हो ।

उनको हिजो साँझ बेलका नगरपालिका–३ मा रहेको घर नजिकैको लेमन ग्रास चोकपूर्व गोठालो जाने क्रममा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया