1613
Shares
मंसिर २६- जवरजस्ती करणी गरेको आरोपमा मुद्धा खेपिरहेका २ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । ललितपुर जिल्ला गोदावरी नगरपालिका–१ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र सोही ठाउँका २१ वर्षीय पवन कुँवरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

अभियुक्तहरु जिल्ला अदालतको आदेशमा छुटेको १० महिनापछि पक्राउ परेका हुन् । २१ वर्षीया युवतीमाथि बलात्कार र ज्यान मार्ने उद्योगको मुद्दामा पाटन उच्च अदालतबाट पुर्पक्षका थुनामा राख्ने फैसला भएको सातापछि फरार भएका उनीहरु पक्राउ परेका हुन् ।
दुवैजनालाई बुधबार दिउँसो सवा १ बजे महानगरीय अपराध महाशाखाबाट इन्सपेक्टर सुरज कार्कीको टोलीले प्रक्राउ गरेको हो । उनीहरुसँगै मुद्धा खेपिरहेका रघु सिलवाल भने अझै फरार छन् ।