लन्डन । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले बुधवार संसद्मा अविश्वासको प्रस्तावमाथिको मतदानको सामना गर्नुपर्ने भएको छ । उनलाई उनकै पार्टी कन्जरभेटिभका १५ प्रतिशत संसदहरुले चुनौती दिएका हुन् ।
डाउनिङ स्ट्रीटमा दिएको एउटा वक्तव्यमा मेले भनिन्, “म त्यो मतदानको पूर्ण क्षमताका साथ सामना गर्नेछु।”
नयाँ प्रधानमन्त्रीले ब्रिटेनलाई आगामी मार्च २९ मा युरोपेली संघ (इयू) बाट अलग्याउने आर्टिकल फिफ्टी भनिएको ५० नम्बरको बुँदालाई खारेज गर्नुपर्ने अथवा त्यसको समयसीमा बढाउनुपर्ने मेको भनाइ छ।
कन्जरभेटिभ पार्टीका सांसदहरूले ब्रिटेनको स्थानीय समय अनुसार साँझ ६ बजेदेखि ८ बजेको बीचमा मतदान गर्नेछन् ।
प्रधानमन्त्री मेले कन्जरभेटिभ पार्टीको नेतृत्व परिवर्तनले “देशको भविष्यलाई जोखिममा पुर्याउन सक्ने र थेग्न नसक्ने गरी अनिश्चितता सिर्जना गराउन सक्ने” बताइन्।
सन् २०१६ मा ब्रिटेनले ईयू छाड्ने विषयमा जनमत सङ्ग्रह गराएको थोरै समयपछि मे प्रधानमन्त्री भएकी थिइन्।