२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

फ्रान्सको एक क्रिसमस मार्केटमा आक्रमण, ४ जनाको मृत्यु

1542 Shares
Spread the love

एजेन्सी : मंगलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।

समाचार एजेन्सी एएफपीले दिएको खबरअनुसार फ्रान्सको स्ट्रासबर्ग शहरको एक क्रिसमस मार्केटमा मंगलबार स्थानीय समय राति ८ बजे एक संदीग्ध बन्दुकधारीले गोली चलाएका थिए ।

सडकमा रहेका ती बन्दुकधारीले बजारमा सामान खरिद गरिरहेका ग्राहकतर्फ लक्षित गर्दै फायर गरेका थिए । फायरपछि ज्यान जोगाउन भागदौड मच्चिएको थियो ।

गस्तीमा रहेका सुरक्षाकर्मीले जवाफी फायर गरी घाइते आक्रमणकारीलाई घाइते बनाएको भएपनि नियन्त्रणमा लिन भने नसकेको फ्रान्स प्रहरीले उद्धृगर्दै एएफपीले खबर दिएको छ ।

शहरका मेयरले ४ जनाको मृत्यु भएको र घाइते मध्ये तीन, चार जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

बन्दुकधारीको पहिचान भएको र उनी पहिलेदेखि उच्च निगरानीमा रहेको चरमपन्थी समूहका व्यक्ति रहेको बताइएको छ ।

प्रतिक्रिया