२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

सरकारको आलोचना बाबुरामलाई नै पर्‍यो भारी , पूर्वएआईजीले खोले बाबुरामको कुर्तुत

566 Shares
Spread the love

मंसिर २६ यतिबेला देशमा शान्ति सुरक्षा कायम गरी, भ्रष्टचार , हत्या , हिंसा लगायतका अपराधिक क्रियाकलापहरुमा नियन्त्रण गर्न नसकेको भन्दै वर्तमान समय सरकारको चर्काे आलोचना भईरहेको छ । बिषेशगरी निर्मला पन्तको हत्यारालाई प्रक्रन नसकेको भन्दै आम जनता र बिपक्षी दलले पनि सरकारको चर्काे आलोचना गरिरहेका छन् । जसमध्य नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि निर्मलालाई न्याय दिन नसकेको भन्दै चर्काे आलोचना गरिरहेका छन् ।

उनले सामाजिक सञ्जालमाफर्त सरकारको आलोचना गर्दे निर्मला हत्या प्रकरणमा सरकारले जग हसाई गरिरहेको आरोप लगाएका छन् । तर ट्वीटरमा ओली सरकारबिरुद्ध खनिँदा भने उल्टै बाबुरामलाई भारी परेको छ । उनले ट्वीटरमा लेखेका थिए “निर्मला प्रकरणमा यो दुई तिहाइको सरकार र संसारमा ‘बहादुर’ कहलिएको सुरक्षा संयन्त्रको जग हँसाइ देख्दा देश हेर्दाहेर्दै फेल्ड स्टेट हुने खतरा पो देखियो ।”

“हामीसँग अपराध अनुसन्धानको न्यूनतम दक्षता पनि नभएको हो कि अपराध ढाकछोप गर्ने र संसारलाई मूर्ख बनाउने अति दक्षता भएको हो ?  केही लाज भए बोलौं ।” उनले यति ट्वीट गर्न नपाउँदै पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले कमेण्टमा यस्तो प्रतिक्रिया दिएकी उनको पुरानो कुर्तत नै बाहिर आएको छ ।

सुवेदीले बाबुरामले सत्तामा हुँदा गरेको गलत कामको पर्दाफास गरेका हुन् । उनले अनामनगरको एउटा आत्महत्याको घटना स्मरण गराउँदै एक निर्दाेषलाई थुन्न दबाब दिएको बताएका छन् । बाबुरामको ट्वीटमा सुवेदी लेख्छन् “अनामनगरको एउटा आत्महत्याको घटनामा प्रहरी अनुसन्धानकर्ताहरुको तथ्यपरक अनुसन्धानलाई ठाडै नकारेर तपाईले जारी गरेको प्रधानमन्त्रीय दबाबमा एउटै परिवारका निर्दोष बाबुआमा र एसएलसी दिँदै गरेको किशोर छोरा प्रहरी अभियुक्तको रुपमा हनुमान ढोकामा २५ दिन थुनिँदाको प्रसंग के गर्ने नि ?” ।

सुवेदीको प्रतिक्रियामा बाबुरामले कुनै जवाफ दिएका छैनन् । घटनाको अनुसन्धानका लागि तत्कालिन एसपी गणेश थापाको नेतृत्वमा डीएसपी मीरा चौधरी (हाल एसपी)  सहितको टोली खटिएको थियो । टोलीले सुवेदीले आत्महत्या नै गरेको निश्कर्ष निकाल्यो ।

पोष्टमार्टम रिपोर्टले पनि त्यही संकेत गर्यो । तर, मानवअधिकारवादीले सडक तताउन थालेपछि तत्कालीन प्रधानमन्त्री डा. भट्टराईले निर्दोष व्यक्तिलाई थुन्न दबाव दिएको पूर्वएआईजी सुवेदीको दाबी छ ।

जे होस सुवेदीले अहिले भए पनि देखाएको साहसलाई मान्ने पर्छ । तर उनको ट्वीटले के देखाउँछ भन्ने कुनै पनि अपराध अनुसन्धान र कारवाही प्रक्रियामा प्रहरीलाई सरकारको उच्च पदस्थ नेता तथा मन्त्रीबाट नै दबाब आउँने गर्छ ।

प्रतिक्रिया