२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

ओली इतिहासकै बलियो प्रधानमन्त्री : गगन थापा

1431 Shares
Spread the love

उर्लाबारी। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताएका छन्।

नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिले मंगलबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले विपी कोइरालाको दुई तिहाईको सरकारका बेला पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राखेका हुन्।

उनले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो सङ्केत नदेखिएको बताए।

उनले सरकारको बारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी सङ्गठन सुदृढिकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्ने गरी काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया