२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

योगीको सुरक्षार्थ जनकपुरमा भारतीय सेना र बुलेटप्रुफ गाडी

2276 Shares
Spread the love

मंसिर २५ -जनकपुरमा भव्यरुपमा चलिरहेको सीताराम विवाह पञ्चमी महोत्सवमा  उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी आउँदैछन् । उनको आगमनलाई लिएर सुरक्षा व्यवस्था भने कडा पारिएको छ । विवाह पञ्चमीमा लाखौंको संख्यामा श्रद्धालु आउने भएकाले योगीको सुरक्षाका लागि ड्रोन क्यामराबाट निगरानी सँगै अत्याधुनिक र्यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को समेत प्रयोग गर्न लागेको प्रहरीले जनाएको छ ।

महोत्सवमा सम्भावित आपराधिक गतिविधि रोक्न ३ हजारको संख्यामा नेपाल प्रहरी, १ हजार सशस्त्र प्रहरी र सयजना भन्दा बढी सादा पोसाकका प्रहरीहरु खटाइएका छन् । उता योगी बुधबार आउनुअघि नै भारतबाट बुलेटप्रुफ गाडी जनकपुर ल्याइएको छ । यसबाहकेक ज्यामर सहित सातवटा अन्य गाडी पनि उनको सुरक्षाका लागि भित्र्याइएको छ ।

सुरक्षा प्रयोजनका लागि भारतीय सुरक्षाकर्मीहरु पनि जनकपुर आइसकेको बताईएको छ। योगी लखनऊबाट विशेष विमानबाट जनकपुर विमानस्थल आउने छन् । त्यहाँबाट उनी जानकी मन्दिरतर्फ प्रस्थान गर्नेछन् भने पुजा सकिएलगत्तै मुख्यमन्त्री लालबाबु राउतले गर्न लागेको दिवाभोजमा उनी सरिक हुने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया