२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

प्रचण्डले ज्ञानेन्द्रलाई किन नाचेको ? भनेपछि सामाजिक सञ्जालमा चर्चा

3434 Shares
Spread the love

मंसिर २५-  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वराजा सम्बन्धी दिएको अभिव्यक्तिको यतिबेला चौतर्फी चर्चा र आलोचना भईरहेको छ । हिजो कास्कीको मादी गाउँपालिकामा निर्माण भएको शान्ति स्मारकको अनावरण गर्दै ज्ञानेन्द्र शाहलाई होटलमा खुशी हुँदै किन नाँच्दै हिँडेको भनेर प्रश्न गरेका थिए ।

ज्वाँइ राजीव शाहीको जन्मदिनका अवसरमा  त्रिशरा होटलमा आयोजना गरिएको कार्यक्रमा पूर्वराजा ज्ञानेन्द्र नाचेका थिए । सोही घटनालाई स्मरण गराउँदै उनले यस्तो अभिव्यक्ति दिएका थिए । उता प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि सामाजिक सञ्जाल तातेको छ ।

प्रचण्डले भद्रकालीमा नायिका रेखा थापासंग नाचेको बिर्सेको र ज्ञानेन्द्र खुसीले नाच्दा डाहा गरेको भन्दै सामाजिक सञ्जाल तातेको छ । स्मरण रहोस त्यतीबेला रेखासंग छमछमी नाचेर प्रचण्ड पनि बिवाद र चर्चामा आएका थिए ।

 

प्रतिक्रिया